काठमाडौं। एनपीएलमा बिराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बिराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
जनकपुरका सैफ हसनले ७१ र विशाल सुश्लिङले ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए।
त्यसअघि बिराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन बनाएका थिए।
जितसँगै ४ खेलमा ४ अंक जोडेको बिराटनगर शीर्ष स्थानमा उक्लिएको छ।