राेनाल्डाे विनाकाे अल नासर रोकियो


काठमाडौं । अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गत इराकी क्लब अल शोर्टाविरुद्ध बराबरीमा रोकिएको छ।

सोमबार राति भएको गोल पाहुना टोली अल नास। १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको १४औ मिनेटमा ओटाटिभोको पासमा सुल्तान अल घन्नमले अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २४ मिनेटमा महोमद दाउद यासिनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे।

यस खेलमा टोलिका नियमित कप्तान क्रिस्टियानो रोनालडो भने भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका थिए। अल नासरले खेलको दुई दिन अघि नै रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको थियो।

हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ। रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको