काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यु–१७ टोली र एसियन कप यु–२० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यु–२० टोलीको विदाई गरिएको छ।
मंगलबार अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय यु–१७ र अन्डर–२० टोलीलाई बिदाइ गरिएको हो। सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एफा अध्यक्ष पंकजविक्रम राई लगायत अन्य एन्फा पदाधिकारिको सहभागिता रहेको थियो।


