काठमाडौँ । नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसीटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ। २०७३ सालमा अन्नपूर्ण (आरसीटी) सङग्रहालयको उद्घाटन भएको थियो। कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मङ्गलबार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो।
नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम (आरसीटी) सङ्ग्रहालयको ग्यालरीमा ऐतिहासक ट्रफी, पदक, तस्बिर, जर्सीलगायत सयौँ सामाग्री प्रदर्शनमा राखिएको छ। आरसीटी विशेषत फुटबलमा कहलिएको क्लब हो यद्यपि यस क्लबले एथलेटिक्स, भलिबल, पौडील गायतका खेलमा हासिल गरेका पदक पनि सङ्ग्राहलयमा थपिएका छन्।
आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले यो सङ्ग्रहालय नेपाली खेलकुदमै नौलो अवधारणा हो भन्नुहुँदै यस सङ्ग्रहालयलाई अझ बिस्तार गर्ने योजना रहेको बताए। उनले सङ्ग्रहालयको स्तरोन्नतिमा करीब १२ लाख रुपियाँ खर्च भएको जानकारी पनि गराए। यसैगरी वडा नं २७ का अध्यक्ष तथा आरसीटीका संरक्षया योगेशकुमार खड्गीले वडाले आरसीटीसँग सहकार्य गर्ने गरी खेलाडीहरुको स्तरोन्नति गर्न मात्र १५ लाख रुपियाँ र स्थानीय खेलाडी उत्पादनका लागि ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनले विशेषरुपमा आरसीटीलाई फुटबलमा जिवित राख्न र स्थानीय खेलाडीको सहभागिता होस् भन्ने उद्देश्य वडाको रहेको जानकारी दिए।
अन्नपूर्ण (आरसीटी) सङग्रहालयका संष्योजक नरेश वैद्यले यस सङ्ग्रहालयको क्षेत्रफल सानो भएपनि यहाँ रहेका बहुमूल्य र गौरवशाली सामाग्री अन्य कतै नहुने दावी गरे। उनले १९८९ सालमा स्थापना भएको यस क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेका ऐतिहासिक र गौरवशाली पृष्ठभूमिका जीवन्तता दिने हेतुले तथा यसले प्राप्त गरेका सफलताको संरक्षण सम्वर्धन तथा सुरक्षित गर्ने अभियास्वरुप सङ्ग्रहालय खोलिएको हो, भने।
६ पटकको शीर्ष लिग च्याम्पियन क्लब हो। मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसीटीले भन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ।


