काष्ठमण्डप कप मंगलबारदेखि


काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने भएको छ। प्रतियोगितामा बास्केटबल र फटसलको प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन्।

बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी हुने छन्। फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन्।

प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा हुनेछ। साताव्यापी प्रतियोगिताका खेलहरु म्ण्डिखाटारस्थित आयोजकै हातामा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको