काठमाडाैं। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी सेभेन्स दशरथ रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने छ जसमा पुरुष तर्फ १४ र महिला तर्फ ८ टिम रहने छन्। प्रतियोगिताका लागि ४ सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् ।
प्रतियोगितामा नेपाल सहित फिलिपिन्स,बहराईन,काजाकिस्तान,अफगानिस्थान, उजबेकिस्तान,पाकिस्तान,भारत,कतार,साउदी अरेबिया,जाेर्डन,बङ्गलादेश,चाईनिज ताईपेइ,श्रीलंका,ग्वाम,इन्डाेनेसिया र इरान रहेका छन्।
पुरूष तर्फ फिलिपिन्स,बहराईन,काजाकिस्तान,अफगानिस्थान, उजबेकिस्तान,पाकिस्तान,भारत,कतार,नेपाल,साउदी अरेबिया,जाेर्डन,बङ्गलादेश,चाईनिज ताईपेइ र श्रीलंकाकाे सहभागिता रहने छ।
महिला तर्फ नेपाल,फिलिपिन्स,भारत,ग्वाम,श्रीलंका,इरान,उजबेकिस्तान र इन्डाेनेसिया बिच प्रतिस्पर्धा हुने छ। नेपालमा हुने एसिया रग्बी सेभेन्स प्रतियोगितालाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो ।
नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ । यसअघि सन् २०२२ मा अन्डर १८ र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो ।


