यल शीर्ष स्थानमा उक्लियो


काठमाडौं । नव प्रवेशी टोली यल टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को तेश्रो दिन बुधबारको राउन्ड रोविन लिग सम्पन्न हुँदा शीर्ष स्थानमा उक्लिएको छ।यलले सर्वाधिक ४६ अंक जोडेको छ। यल अघिल्लो दिन मंगलबार २७ अंकसाथ तेश्रो स्थानमा थियो।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ४४ अंकसाथ दोश्रो तथा नेपाल प्रहरी क्लब ४० अंकसाथ तेश्रो स्थानमा छन्।

२८ अंकमा नेपाल एपीएफ क्लब चौथो, २६ अंकमा रेड टाइल्स पाँचौं, २५ अंकमा होप्स टेबलटेनिस एकेडेमी छैटौं र १२ अंकमा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब सातौं स्थानमा छन्। ७ टिम सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको