एनपिएलमा आज एक खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आज एक मात्र खेल हुँदैछ ।

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ ।

जनकपुरले यस संस्करणमा २ खेलबाट एक जित निकालेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो ।

उता, पोखराले हारबाट प्रतियोगिताको सुरुवात गरेको थियो । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको