काठमाडौं । एएफसी यु–२० एसियन कप २०२५ छनोट खेलमा नेपालले आज (शुक्रबार) बहराइनको सामना गर्देछ।
न्यु ताइपे सिटीमा हुने यी दुई टोलीबीचको खेल दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ।
दुबै टोली दोस्रो जितको योजनमा छन्। नेपाल दोस्रो जित निकालेको अवस्थामा दोस्रो चरण सम्भावना रहनेछ। यदि पराजित भएको अवस्थामा दुबै टोलीको सम्भावना समाप्त हुनेछ।
समूह ‘बी’ मा दुबै टोलीको समान तीन अंक रहेको छ। बहराइनले दुई खेल खेल्दा नेपालले तीन खेल खेलेको छ। उज्वेकिस्तानले दुबै खेल जित्दै शीर्ष स्थान कब्जा गरेको छ। समान ६ खेल भएपनि कम्बोडिया दोस्रो स्थानमा रह्यो।
नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। दोस्रो खेलमा समिर तामाङले ह्याट्रिक गर्दा ताईपेलाई ३–१ ले हराउँदै तीन अंक जोड्यो। तेस्रो खेलमा भने बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो।
बहराइनले पहिलो खेलमा चाईपेलाई १–० ले हराउँदा कम्बोडियासँग समान अन्तरले पराजित भएको थियो। अब, टोलीले उज्वेकिस्तानसँग खेल्ने तालिका छ।


