रग्बी संघ र एनएफजेएफबीच ‘नो योर गेम्स’ सम्पन्न


काठमाडौं । नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीले एशिया रग्बी सेभेन्स को अवसर पारेर रग्बीको ‘नो योर गेम्स’को आयोजना गरेको छ। लेमन त्री होटल, बुढानिलकण्ठमा कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन राज गिरी,महासचिब गोबिन्द घिमिरे,राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य अन्जना मास्के,नेपाल खेलकुद पत्रकार मन्च निरन्जन राजवंशी,रग्बी संघ अध्यक्ष दिपक देवकोटा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममाको उदेश्य खेल पत्रकारहरूका लागि रग्बी खेलको बारे थप जानकारी दिनु रहेको आयोजकले बताएका छन्।

कार्यक्रममा ३० जना पत्रकारहरूको सहभागीता रहेको थियो। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी सेभेन्स दशरथ रंगशालामा आयोजना हुँदैछ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्। कार्यक्रमको उद्घाटन सम्भवतः अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको नेपाल रग्बी संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको