ललितपुर क्विन्सको लगातार दोस्रो जित


काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दिनको तेस्रो तथा अन्तिम खेलमा ललितपुरले मधेश युनाइटेविरुद्ध ३–१ को सेटमा पाजित गरेको हो।

पहिलो सेटमा २५–१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा २६–२४ ले विजयी भयो। तेस्रो सेट भने ललितपुरले २४–२६ ले गुमायो।

त्यसपछि चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पर्दै ललितपुरले विजयी यात्रा जारी राख्यो।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित मधेश अंकविहिन छ।

पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराउँदा मधेश कर्णाली यश्विजसँग ३–१ कै सेटमा पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको