टेबलटेनिस टोली काजाकिस्तान जाने


काठमाडौं । एसियाली टेबलटेनिस च्याम्पिन्सिपको २७ औं संस्करणमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार काजाकिस्तानको अस्ताना जाने भएको छ ।

असोज २१ देखि २७ गतेसम्म हुने प्रतियोगिताको पुरुषमा संयोग कपाली र महिलामा इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा मोहनदास बासुकला छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

उक्त प्रतियोगितामा खेलाडी सहभागी गराउन संघले भदौ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा छनोट प्रतियोगिता आयोजना गरेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको