काभा भलिबलमा नेपाली युवा टोलीको दोस्रो जित


काठमाडौं । काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले दोस्रो जित निकोको् छ।

श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

नेपालले पहिलो र दोस्रो सेटमा सहजै आफ्नो पक्षमा पारेको पनि तेस्रो सेटमा भने निकै संघर्ष गर्नु परेको थियो।

पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो।

जितसँगै नेपालले जार प्रतियोगितामा दुई खेलबाट ६ अंक जोडेको छ। नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई ३–० को सेटमा पाजित गरेको थियो भने उज्वेकिस्तानसँग भने ३–१ को सेटमा पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको