काठमाडौं । नेपाल काभा यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
श्रीलंकाको कोलम्बोमा शुक्रबार नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा तुर्केमेनिस्तानमाथि ३–० को सोझो सेटको जित हासिल गरे हो।
नेपालले पहिलो सेट, २५–१४, दोस्रो सेट २५–२१, तेस्रो २५–२० ले आफ्नो पक्षमा पार्यो।
नेपाल पाँच खेलमा १० अंक जोडेको नेपाल फाइनल प्रवेश गरेको छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।
यता पराजित तुर्केमेनिस्तानको पाँच खेलमा १० अंक छ। यसअघि माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको तुर्केमेनिस्तानले उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजय ब्यहारेको थियो।


