
काठमाडौं । काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामा सिमित बने भएको छ ।
फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो ।
पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो ।
दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।