लिगको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित

काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चणकाे अन्तिम खेलमा पनि नेपाल पराजित भएकाे छ। पाकिस्तानकाे इस्लामबादमा साेमबार सम्पन्न आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको हो।

नेपालले पहिलो सेटमा कडा चुनौती दिए पनि २४–२६ ले गुमायो। त्यसपछि दोस्रो सेट २०–२५ र तेस्रो सेट २२–२५ ले गुमाउँदै नेपालले लगातार पाँचौं हार बेहोरेको हो।

प्रतियोगिताभर संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेको छैन। पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल देखाएको नेपालले त्यसपछिका दुई सेटमा भने लय कायम राख्न सकेन।

यसअघि नेपाल काजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो। नेपालले अब मंगलबार पाँचाैं स्थानकाे लागि खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको