काठमाडौं । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बोलिभियामाथि अर्जेन्टिनाले सहज जित हासिल गरेको छ।
अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा बोलिभियामाथि ६–० को सहज जित हासिल गरेको हो।
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिकसहि दुई असिस्ट गरे। उनले खेलको १९, ८४ र ८६औं मिनेटमा ह्याट्रिक पूरा गरे।
यस्तै लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिअगो अल्माडाले समान एक गोल गरे।
यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ। १० खेलमा सात जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ। समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थान तथा १२ अंक जोडेको बोलेभिया सातौँ स्थानमा छ।


