काठमाडौं । साफ महिला च्याम्यिाम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध भारतले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सम्पन्न भएको हो।
भारतका लागि पाँचौँ मिनेटमा ग्रेस दाङ्गिमेले गोल गर्दै खेलमा १–० को अग्रता दिलाईन्।
१७औँ मिनेटमा मनिषाले गोल गरेपछि भारत २–० ले अघि बढ्यो।
३५औँ मिनेटमा बालादेवी गोल गरेपछि भारतले ३–० को अग्रता बनायो। त्यसपछि ४२औँ मिनेटमा भारतले गोल गरेपछि भारत ४–० को अग्रतामा अघि बढ्यो।
पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानले पेनाल्टीमा गोल गरेपछि खेल ४–१ को अबस्थामा आयो। पाकिस्तानको लागि पेनाल्टीमा सुहा हिरानीले गोल गरिन्।


