
काठमाडौं । भारतले साफ महिला च्याम्यिाम्पियनसिप २०२४ मा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिवार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ गोलको फराकिलो जित हासिल गरेको हो।
पहिलो हाफमा ४–१ गोल गरेको भारतले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल व्यहोरे्को थियो।
भारतका लागि पाँचौँ मिनेटमा ग्रेस दाङ्गिमेले गोल गर्दै खेलमा १–० को अग्रता दिलाईन्।
१७औँ मिनेटमा मनिषाले गोल गरेपछि भारत २–० ले अघि बढ्यो। ३५औँ मिनेटमा बालादेवी गोल गरेपछि भारतले ३–० को अग्रता बनायो। त्यसपछि ४२औँ मिनेटमा भारतले गोल गरेपछि भारत ४–० को स्थितमा पुग्यो।
पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानले पेनाल्टीमा गोल गरेपछि खेल ४–१ को अबस्थामा आयो। पाकिस्तानको लागि पेनाल्टीमा सुहा हिरानीले गोल गरिन्।
त्यपछि दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरे।
यो जितसँगै भारतले समूह ए मा तीन अंक जोड्दै विजयी सुरुआत गरेको छ।