
सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल हुँदैछ।
शुक्रबार दरबार डाँडा खेल मैदानमा हुने पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोशी बी दिउँसो २ बजे खेल्ने छन्।
यस्तै दोस्रो सेमिफाइनलमा स्पोर्टिङ र धार्पाबीच ३:३० बजे खेल्ने छन्।
बिहिवार क्वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको थियो।
पहिलो क्वाटरफाइनलमा सुकुटे युवा चारण समाजलाई १–० गोलले पराजित गर्दै राई एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। यस खेलमा राई एफसीका रसिस रञ्जितकार ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो क्वाटरफाइनलमा सुनकोशी ‘बी’ ले वारिर्यस एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धरित ४० मिनेटको खेलमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनान्टीबाट लिएको हो।
तेस्रो क्वाटरफाइनलमा चौतारा स्पोर्टिङ क्लबले पोखरे युवा समाजलाई ५–० गोलले पराजित गरेको हो।
चौथो तथा अन्तिम क्वाटरफाइनलमा साविक विजेता रोयल फेमेलिलाई २–० ले पराजित गर्दै धार्पा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा १–० को अग्रता बनाएको धार्पाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।