
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले घरेलु टोली कतारसँग पराजित भएको छ।
खेल दोहास्थित एस्पायर एकेडेमीको खेल मैदानमा शुक्रबार नेपाल कतारसँग ५–० ले पराजित भएको हो।
यो नेपालको लगातार दोस्रो पराजय हो। दुवै खेल गुमाएको नेपाल अंक विहिन छ।
समुह ‘एफ’ को नेपाल पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ को फराकिलो अन्तरले हार ब्यहोरेको थियो।
यता, लगातार दोस्रो जित हासिल गरेको कतारले दुई खेलमा ६ अंक जोडेको छ। कतारले पहिलो खेलमा मंगोलियालाई २–० ले पराजित गरेको थियो।