
सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि सुनकोशी बी र धार्पा युवा क्लब खेल्दै छन्।
मेलचौरस्थित दरबार डाँडा खेल मैदानमा हुने फाइनल दिउँसो १ बजेबाट सुरु हुने भएको छ।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलको खेलमा जित हासिल गर्दै सुनकोशी र धार्पा फाइनलमा प्रवेश गरेका हुन्।
पहिलो सेमिफाइनलमा सुनकोशी बी ले राई एफसीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
यस्तै, दोस्रो सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ३–४ गोल अन्तरले हराउँदै धार्पा एफसी फाइनलमा प्रवेश गरेको छ।
यस प्रतियोगिताको विजेताले नगद एक लाख ५५ हजार ५५५ पाउने छ भने उपविजेताले नगद ७७ हजार ७७७ पाउने छ।