एल क्लासिकोमा बार्सिलोनाको शानदार जित


काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले शानदार जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ४–० ले पराजित गरेको हो।

रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गर्यो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए।

जितसँगै ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता बनाएको छ। बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल मड्रिडको ११ खेलमा २४ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको