साफ वुमेन्स च्याम्पियनसिप : भारतसँग सेमिफाइनल खेल्दै नेपाल


काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् ।

सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ ६: ३० बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो ।

अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो ।

त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो । नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।
समूह चरणमा नेपाल अपराजित रह्यो ।

नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको