काठमाडौँ । इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ।
आइतबार बिहान भएको खेलमा एटलान्टाले इन्टर मियामीलाई २–१ गोलले पराजित गरेको हो।
बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो। यसअघि पहिलो खेलमा इन्टर मियामी २–१ ले विजयी भएको थियो। दुई खेलमा समग्रमा ३–३ को बराबरी भएको छ।
अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ।
तपाईको प्रतिक्रिया !!!


