काठमाडौँको भित्तामा ‘साम्बा’


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोल मेसिन सावित्रा भण्डारी ‘साम्बा’को चित्र काठमाडौंको कोटेश्वरमा बनाइएको छ।

मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ।

फुटपाथको भित्तामा ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको पनि चित्र बनाइएको हाे। अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको