राखेपलाई ७२ लाखको सामाग्री सहयोग


काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ।

ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे।

स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल सामाग्री प्रदान गरिएको राखेप सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाएकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको