रेडियन्ट र एक्सेल्सियको जित


काठमाडौं । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुल र द एक्सेल्सियर स्कुलले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । रेडियन्टले जुनियर ब्वाइज तथा एक्सेल्सियरले सिनियर ब्वाइजमा जित निकाले ।

जुनियर ब्वाइजमा डिफेन्डिङ च्याम्पियन रेडियन्टले केभीसीलाई १८–६ ले पराजित ग¥यो । रेडियन्टका सोहाम बुढाथोकीले ६ अंक जोडे । सिनियर ब्वाइजमा एक्सेल्सियरले ज्ञानोदयलाई २९–२२ ले हरायो । एक्सेल्सियरका सोङमेन तामाङले १० स्कोर गरे ।

सिनियर ब्वाइजको अन्य खेलमा केभीसीले माउन्ट ग्लोरीलाई २४–७, पुष्पसदनले होली भिजनलाई ३५–२० र स्वस्तिश्री गुरुकुलले विस्डमलाई ३२–८ ले पाखा लगाए । केभीसीका समर्पणले ७, पुष्पसदनका उमंगले १७ र स्वस्तिश्री गुरुकुलका श्रेयम नाम्गेल लमाले १० अंक बटुले । जुनियर ब्वाइजमा नवीन ज्योतिले पुष्पसदनलाई ८–३ ले पन्छायो । विजयी टिमका लागि जीवन विष्टले ४ स्कोर गरे ।

सिनियर गल्र्समा केभीएसले केभीसीलाई २४–१५ तथा एक्सेल्सियरले ज्ञानोदयलाई १२–६ ले पराजित गरे । केभीएसकी सिमरनले १३ तथा एक्सेल्सियरकी अकिना घिमिरेले ९ अंक जोडिन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको