नेसन्स लिगमा पोर्चुगलको बराबरी


काठमाडौँ । पोर्चुगल युइएफए नेसन्स लिगमा बराबरीमा रोकिएको छ।

गएराती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोसियासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ३३औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पाहुना टोली पोर्चुगललाई शुरुआती अग्रता दिलाएका थिए। तार, क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औँ मिनेटमा बराबरी गोल गरे।

यस खेलमा पोर्चुगलले नियमित कप्तान क्रिस्टियानो रोनाल्डो लगायत अन्य सिनियर खेलाडीलाई विश्राम दिएको थियो।

बराबरीसँगै पोर्चुगल समूह ए मा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको