सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दीसँगै धर्ना


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सिस्नेरी घटनाका पीडित परिवारले तालाबन्दी गरेका छन्।

बिहिबार पीडितहरुले एन्फामा तालाबन्दीसँगै धर्नामा पनि बसेका छन्। गत असोज ११ र १२ गते परेको अविरल वर्षा कारणका सिस्नेरी एकेडेमीमा परि ६ जना बाल खेलाडीले ज्यान गुमाएका थिए।

एन्फाले उनीहरुप्रति वेवास्ता गरेको भन्दै तालाबन्दी गरेका हुन्। यसअघि मंगलबार पीडित पक्षले पत्रकार सम्मलेन गरेर न्याय मागेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको