हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात


काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुवात गरेका छन्।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो।

खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९-१७, दोस्रो क्वाटरमा २४-२२, तेस्रो क्वाटरमा २८-२१ र चौथो क्वाटरमा २३-१९ को अग्रता बनाएको थियो। आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएल प्लेअर घोषित भए।

पहिलो संस्करणमा सहभागि नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो। दोस्रो संस्कणरमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो।

यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२-७५ पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

टाइम्सले पहिलो क्वाटरमा २५-१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो। तर गोल्डेनगेटले दोस्रो क्वाटर २५-१९ र तेस्रो क्वाटर ३०-१० ले आफ्नो पक्षमा पार्दै ७३-५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१-१९ ले आफ्नो पक्षमा पारेपनि जित हासिल गर्न पर्याप्त भएन। खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे। उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको