हाउण्ड्समाथि टाईम्सको रोमाञ्चक जित


काठमाडौं। नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबनर दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो।

निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो। दोस्रो क्वाटर १९-१९ र चाैथो क्वाटर२०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो।

टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे। उनी खेलको एमभिपी बने। टाईम्सको यो पहिलो जित हो। टाईम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजितभएको थियो।

यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो। आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको