
काठमाडौं । आयोजक रेडियन्ट पब्लिक १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले द एक्सेल पब्लिकलाई ४०–२० ले पराजित गर्दै समूह ‘एच’ को विजेता बन्यो । रेडियन्टका नन्दनबाबु बस्नेतले ८ अंक जोडे।
सिनियर ब्वाइजमै ज्ञानोदयले ओरेकल रेलाई ४०–२३, रेडियन्ट रिडर्स एकेडेमीले होली भिजनलाई अत्तिरिक्त समयमा ४६–४४ र स्वर्णिमले क्षेत्रग्नलाई ३६–३२ ले हराए। ज्ञानोदयका टासी पुनेलले ११, रेडियन्ट रिडर्सका उत्सव रावतले १४ र स्वर्णिमका सिजन तामाङले १६ अंक जोडे।
जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले रेडियन्ट रिडर्सलाई ३०–२, ग्रिनफिल्डले बौद्ध चिल्ड्रेन हेभेनले ११–१० र सेबले हार्टल्यान्डलाई २६–४ ले पाखा लगाए। नवीन ज्योतिका सशांक गिरीले १०, ग्रिनफिल्डका रविन घलेले ८ र सेबका सिजन घलेले १४ अंक बटुले।
सिनियर गल्र्समा ज्ञानोदयले नवीन ज्योतिलाई १४–२ तथा स्वर्णिमले मस्र्याङ्दीलाई २३–८ ले पन्छाए। ज्ञानोदयकी नुमा लिम्बूले ७ तथा स्वर्णिमकी हिसी ल्हामु लामाले १३ स्कोर गरे।