हेमन्तकाे कप्तानीमा एसिया कप खेल्ने नेपाली टोली घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ।

आइतबार क्यानले युएईमा आयोजना हुने सो प्रतियोगिताको लागि १५ सदस्यीय टोलीको घोषण गरेको हो। नेपाली टिमको कप्तानी हेमन्त धामीले गर्नेछन्। त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्।

आगामी मंसिर १४ देखि २३ गतेसम्म (नोभेम्बर २९ देखि डिसेम्बर ८) हुने प्रतियोगिगामा नेपाल समूह ‘बी’ मा रहेको छ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्। यस्तै नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्ने छन्।

नेपाली टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), मयन यादव, उत्तम थापा, आकाश त्रिपाठी, युनिस विक्रमसिंह ठकुरी, नरेन साउद, नरेन भट्ट, युवराज खत्री, अपराजित पौडेल, सन्तोष यादव, रोशन विक, विपिन महतो, अभिषेक तिवारी र रन्जित कुमार।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको