हक्की टोली मलेसिया जाने

काठमाडौँ । एफआईएच वल्र्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतबार मलेसिया जाने भएको छ।

डिसेम्बर १७ देखि २१ तारिखसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनसकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त रोकाया र तुलसी बोहरा रहेका छन्।

टिम व्यवस्थापकमा हितकुमार गुरुङ, प्रशिक्षकमा दीपक खतिवडा र अम्पायरमा मनीषप्रसाद भट्ट छन्। टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच शनिबार बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको