काठमाडौं । पाँचथरको फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन्।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न दाेस्राे सेमिफाइनलमा न्युराेड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै मच्छिन्द्रले चर्च ब्वाइजसँगकाे भेट पक्का गरेकाे हाे।
मच्छिन्द्रकाे जितमा नवाैं मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक गोल बन्यो। खेलको उत्कृष्ट खेलाडी बनेर मच्छिन्द्रका देवेन्द्र तामाङले १० हजार रूपैयाँ प्राप्त गरे।
यसअघि पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेकाे छ।


