काठमाडौं । इन्टर मिलान इटालियन सुपर कोपाको फाइनलमा पुगेको छ।
बिहिवार राति भएको खेलमा एटलान्टामाथि २–० को जित हात हासिल गर्दै मिलान सुपर कोपाको फाइनलमा प्रवेश गरेको हो।
मिलानको जितमा डेन्जेल डम्फ्रिजले दुवै गोल गरे।
पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको ४९औं मिनेटमा डम्फ्रिजले गोल मार्फत इन्टर मिलानलाई सुरूआती अग्रता दिलाए। त्यसपछि ६१औं मिनेटमा डम्फ्रिजले अर्को गोल गर्दै इन्टर मिलानको जित पक्का गरे।
अब इन्टर मिलानले मंगलबार हुने फाइनलमा युभेन्टस र एसी मिलानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ।


