रोहन र सिर्जना उत्कृष्ट

नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट शनिबार पुरस्कृत गरेको छ।

ठमेलमा भएको संघको १२ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा खेलाडीलाई नगदसहित सम्मान गरियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गर्नुका साथै खेलाडीलाई पुरस्कृत गरे।

साधारण सभामा संघका महासचिव गोविन्द घिमिरेले पेश गरेको वार्षिक कार्ययोजना पारित गरिएको रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको