काठमाडौँ । पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ।
भिन्तुना युवा क्लबको अयोजनामा हुने यो प्रतियोगिता आगामी पुस २६ र २७ गते हुने भएको हो।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने आयोजकले बताएको छ।
यस्तै, प्रतियोगितामा विधागतर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार पाउने भएका छन्।
प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ।
सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन चार पोखरामा हुनेछ।



