फुटसल टोली अस्ट्रेलिया प्रस्थान


काठमाडाैँ । गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली एन्ज्लस हार्ट स्कुलको टोली शनिबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ।

जनवरी १३ देखि १८ तारिखसम्म हुने फुटसलमा आर्यन बस्नेत, दिनेश जुग्जाली, आविस्कार रोका, स्वस्तिक न्यौपाने, इभान छन्त्याल र लुकास अधिकारीले प्रतिस्पर्धा गर्ने छन्। अफिसियलमा टकबहादुर थापा र सुमन तिमल्सिना रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको