यु-१९ विश्वकप आजदेखि, नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौँ । आइसीसी महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ।

युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान १२:१५ बजेदेखि शुरु हुने छ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ। त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन्। विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ।

नेपाली टिम
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको