काठमाडौं । चितवन राइनोजविरुद्ध नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् ।
जिम्बावे राष्ट्रिय टोलीका कप्तान सिकन्दर राजा टोलीमा भित्रीएका छन् । उनको आगमनसँगै चितवनको टोलीमा एक परिवर्तन भएको छ । चितवनले डान मुस्लेको स्थानमा कप्तानको जिम्मेवारीका साथ सिकन्दर राजालाई मौका दिएको छ ।
चितवन राइनोजको प्लेइङ-११
देव खनाल, डाबिड मिलान, सिकन्दर राजा, रवि बोपारा, बिवेक यादब, अर्जुन साउद, टोम टेलर, मौषम ढकाल, रञ्जित कुमार, रिजन ढकाल र कमलसिंह ऐरी
सुदूरपश्चिमको टोलीमा एक परिवर्तन भएको छ । अलराउन्डर थरिन्दु रत्नायकेको स्थानमा ब्राण्डन मकमलनले मौका पाएका छन् ।
सुदूरपश्चिम रोयल्सको प्लेईङ-११
विनोद भण्डारी, सेफ जैब, इसान पाण्डे, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, शरफन रादरफोर्ड, ब्राण्डन मकमलन, अभिनास बोहोरा, स्कट कुगेलाइन, हेमन्त धामी र अनिल खरेल