विल र सविन सम्मानित

नेपाल कुङफु संघले विलबहादुर देउला र सविन श्रेष्ठलाई आइतबार नगदसहित सम्मान गरेको छ । स्थापनाकालदेखि संघलाई सहयोग गर्दै आएका प्रशिक्षकद्वय देउला र सविनलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

राष्ट्रिय कुङफु डिप्लोमा सेमिनार तथा ब्याल्कवेल्ट परीक्षाको समापनका अवसरमा दुवैलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, कुङफु संघका अध्यक्ष सिताराम हुमागाईंलगायतले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

पुस २९ देखि माघ ६ गतेसम्म भएको परीक्षाको ब्ल्याकवेल्टतर्फ ३५ तथा डिप्लोमामा २० जना सहभागी थिए। सहभागी मध्ये याङ्की गुरुङ उत्कृष्ट घोषित भइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको