काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन्।
रानीकोटमा सुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुषमा राम चन्द्रले निर्धारीत दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे। बिशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे।
महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी Sonya Martin USA सोन्या मार्टिनले पाच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाए। अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरे।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धाविकधाविकाको सहभागिता रहेको थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरेेका थिए।


