नेपालले पायो १४१ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन घरेलु नेपाल नेदरल्यान्डसबाट जितका लागि १४१ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो।

श्रृङखला सुरुआती दुई खेलमा पाहुना टोली थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय व्यहोरेको नेपाल नेदरल्यान्डसविरुद्ध जित निकाल्न चाहान्छ।

शृंखलाको पहिलो खेलमै यी दुई टोली भिडेका थिए। तर, १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। यो खेलमा नेपाल २० रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने नेपालले थाइल्यान्डलाई चार विकेटले पराजित भएको थियो। समान दुई खेलको समाप्तिमा नेपाल र नेदरल्यान्ड्सको बाधक थाइल्यान्ड नै हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको