१९औं सफल पोखरा म्याराथन फागुन तीन गते


पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १९औं सफल पोखरा म्याराथन फागुन तीन गते हुने भएको छ।

पोखराको एक होटलमा बिहिवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

पोखरालाई दौड संस्कृतिको विकास गरि स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न उदेश्यका साथ हुन लागेको यस म्याराथनमा १४ वटा क्याटोगरिहरु हुनेछ।

प्रथम हुनेले ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र सान्त्वनास्वरुप चौथोदेखि ८ जनासम्मलाई ३० देखि १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ।

यस संस्करणमा पुरुषतर्फ २१ देशका ८० जना विदेशीसहिद १५० जना जसमा, ८ जना महिलाको सहभागीता रहनेछ। यस्तै हाफ म्याराथनमा महिला १० देशका ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना सहभागी छन्। जसमा रन फर फरमा करिब ७ हजार गरि कुल १० हजार जनाको सहभागिता हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको