एक्सेल्सियर फुटसलमा दोहोरो उपाधिनजिक

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ। एक्सेल्सियर यु–१४ र यु–११ उमेरसमूहमा फाइनल पुगेको हो।

यु–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टोलीलाई ३–२ गोलले पराजित ग¥यो। विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले समान १–१ गोल गरे। एक्सेल्सियर ‘रातो’ का आयाज गोलेले १ गोल फर्काए भने बाँकी गोल आत्माघाती थियो। फाइनलमा एक्सेल्सियर ‘नीलो’ को भेट विद्यावाणी पाठशालासंग हुनेछ। विद्यावाणीले काठमाडौं लिङकनलाई २–० गोलले हरायो । विद्यावाणीका प्रज्ज्वल गौतमले दुवै गोल गरे।

यु–११ मा एक्सेल्सियरले राई स्कुललाई १–० गोलले पाखा लगायो। ओजस पाठकले निर्णायक गोल गरे। एक्सेल्सियरले उपाधिका लागि स्वस्तिश्री गुरुकुलको सामना गर्ने छ। स्वस्तिश्रीले न्यु जेनिथलाई ३–१ गोलले पाखा लगायो। स्वस्तिश्रीका प्रसिन कोइरालाले १ गोल गरे। बाँकी २ गोल आत्माघाती रह्यो। न्यु जेनिथका प्रजेश श्रेष्ठले १ गोल गरे।

यु–१६ मा बोधीसत्व र रिब्सले उपाधि भिडन्त पक्का गरे। बोधीसत्वले स्वस्तिश्रीको चुनौती ४–२ गोलले समाप्त पा¥यो। बोधीसत्वका लाक्पा तामाङले २ तथा निमेश तामाङ र शान्ता तामाङले समान १–१ गोल गरे। स्वस्तिश्रीका दीप खत्री र भैभव ताम्राकारले गोल गरे।

रिब्सले निःसर्ग वाटिकामाथि ३–१ को जित दर्ता ग¥यो। रिब्सका रिसन लामाले २ र आर्यन केसीले १ गोल गरे। निःसर्ग वाटिकाका अक्सिनदास श्रेष्ठले सान्त्वना गोल गरे। यु–९ मा संस्कृतिले एक्सेल्सियरलाई २–१ तथा राई स्कुलले काभ्यालाई २–१ गोल निराश पार्दै फाइनलमा स्थान पक्का गरे।

बास्केटबल
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक स्कुलले एक्सेल्सियरलाई ५०–३१ तथा भ्याली भ्युले एलआरआईलाई ६१–२५ ले पराजित गर्दै फाइनलमा पुगे। रेडियन्टका सुशनराज न्यौपानेले १७ तथा भ्याली भ्युका गणेशबहादुर विष्टले २९ अंक जोडे।

सिनियर गल्र्समा रिब्सले रेडियन्ट पब्लिकलाई ३१–२७ तथा स्वर्णिमले एक्सेल्सियरलाई १६–१० ले हराउदै फाइनल यात्रा तय गरे। रिब्सका निमिशा धामीले १५ तथा स्वर्णिमकी नितिशा महर्जनले १२ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको