च्याम्पियन्स ट्रफी : बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल

काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफीमा आज (आइतबार) बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुँदैछ।

प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल दिउँसो २:४५ बजेदेखि दुबईमा सुरु हुनेछ।

भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।

पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारतविरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक एक खेल खेलिसकेका छन्।

जसमा भारतले बंगलादेशलाई पराजित गरेको थियो। तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।

सेमिफाइनल सम्भावना कायम राख्न पाकिस्तानले आज भारतलाई हराउनु पर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको