काठमाडाैँ । च्याम्पियन्स ट्रफीको आफ्नो दोस्रो खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन्। यसअघिकाे आफ्नाे पहिलाे खेलमा पराजय ब्यहाेरेकाे पाकिस्तान पहिलाे जितकाे खाेजिमा छ। पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।
पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारतविरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक एक खेल खेलिसकेका छन्।