भारतलाई पाकिस्तानको मध्यम लक्ष्य

काठमाडौं । बहुपक्षीय च्याम्पियन्स ट्रफीको आफ्नो दोस्रो खेलमा पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार पारेको छ।

युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले भारतविरुद्ध ४९.४ ओभरमा २४१ रनको मध्यम योगफल तयार गरेको हो।

पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे। उनले ७६ बलमा ५ चौका प्रहार गर। सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १०४ रनको साझेदारी गरे। कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे।

खुसदिल साह ३९ बलमा ३८ तथाओपनर बाबर अजाम २३ रनमा आउट भए। अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए। शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे।

यता, भारतको लागि बलिङतर्फ कुलदिप यादवले ३,हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको